द्धारिकलाल चौधरीलाई किन हुदैन कारवाही ?
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी सार्वजनिक कार्यक्रममा आपत्तिजनक भाषण गरेपनि कारवाहीको दायरामा ल्याउने हिम्मत कसैले गरेको छैन् । उनले इटहरीमा मौलाइरहेको वेश्यावृत्तिको सन्दर्भमा बुधबार दिएको भाषणमा महिलाको अपमान हुनेगरी सार्वजनिक कार्यक्रममा अश्लिल र आपत्तिजनक शव्दको प्रयोग गरेका थिए । उनले वेश्यावृत्तीलाई संकेत गर्ने क्रममा अश्लिल शव्दको २७ पटक भन्दा बढी प्रयोग गर्दै … जिन्दावाद समेत भनेका थिए । सार्वजनिक कार्यक्रममा मेयर चौधरीले दिएको अभिव्यक्ति सभ्य र समाजले पचाउने खालको नभएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका थिए । तर, चौधरीलाई कानुनी दायरामा ल्याउने हिम्मत कसैले गरेको छैन् । स्थानीय सरकारका प्रमुख चौधरी पटक पटक बिबादमा आएपनि नेकपाले कुनै प्रतिक्रिया दिएको छ्रैन । यसअघि पनि पत्रकारको कठालो समाउने नाकको हड्डी भाच्न एक करोड छुट्याएको तथा कर्मचारी कुटेको भन्दै बिबादमा आएका थिए । उनले यी घटनामा बिज्ञप्ती निकालेर माफी मागेका थिए । तर, महिलाको बिषयमा बोलेका शब्द बारे केही प्रतिक्रिया दिएका छैनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख
ट्याग : #meyar
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्