Techie IT
  • २१ मंसीर २०७८, मंगलबार
KhojPatrika

बाढी र पहिरोले निम्त्याएको बितण्डा,हाम्रो विकास प्रणालीमा कहिले हुन्छ सुधार


कुबेलाको अविरल बर्षाका कारण बाढी र पहिरोले देशका बिभिन्न स्थानको जनजिवन भयाबह बनाइदिएको छ । महाकाली, सेती र कर्णाली नदीको बहाव बस्तीमा पस्दा खुट्टा टेक्ने ठाउँ समेत छैन् । सयौं खोलाहरु पनि बस्तीमै पस्दा तराईका हजारौं घर डुवानमा छन् । पहाडतिर धेरै घर अनि बस्ती पहिरोको जोखिममा छन् । हिमालतिर पनि हिउँले केही पर्यटक बेपत्ता भएको खबर आइरहेका छन् । निरन्तरणको बर्षाका कारण उद्धारमा समेत कठिनाई परिरहेको छ । सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा नागरिकको बिचल्ली भएको छ । गाँस बाँस र कपास बाढीले बगाइदिएको छ । बिद्यालय, वडा कार्यालय तथा टाकुरामा बनेका केही घरमा सरन लिनुपर्ने बाध्यता छ । तर, त्यहाँ पनि कतिबेला बाढी आउछ कुनै पत्तो छैन् ।

बाढी र पहिरोले ज्यानै जोगाउन यतिबेला हम्मे हम्मे परिरहेको छ । बेपत्ताहरुको खोजीको त कुरै छाडौं । पेट कसरी भर्ने भन्ने चिन्ताले सर्वसाधारणलाई सताइरहेको छ । यो विपदमा सबै नागरिक एकजुट हौं । एकले अर्कोलाई सहयोग गरौं । हामीले संरचना निर्माण गर्दा ध्यानै नदिदा विपदले बर्षेनी सताइरहेको छ । हाम्रो बजेटको ठूलो अंश सडक, सिँचाइ, खानेपानी, विद्युत गृह जस्ता संरचना निर्माणमा खर्च हुन्छ । हरेक वर्ष यस्ता संरचना थपिन्छन । तर, बनेका संरचना बाढी–पहिरोले क्षतिग्रस्त हुँदा एकातिर सेवाबाट विमुख भई ब्यहोर्नुपर्ने नोक्सान त छँदैछ, मर्मतका लागि पुनः ठूलो धनराशि खर्च हुने गरेको छ ।

वास्तविकता यस्तो हुँदाहुँदै पनि प्राविधिक विश्लेषणबिना सडक वा सिँचाइ बनाइन्छन्, जसले थप बाढी–पहिरो निम्त्याउने गरेको छ । बाढी–पहिरो विकास निर्माणभन्दा अलग विषय होइन । विकास निर्माणका कार्य जति जनजीविकासँग जोडिएको छ, बाढी–पहिरो पनि त्यति नै जोडिएको छ । परिवारको जीविकोपार्जनदेखि पूर्वाधारको दिगोपना र आखिरमा मुलुकको अर्थतन्त्रसँग जोडिने बाढी–पहिरोको यति महत्वपूर्ण विषय विकास निर्माणको प्राथमिकतामा भने पुछारमा पर्दै आएको छ ।

हाम्रो धरातलीय अवस्था जटिल छ । डाँडापाखामा पहिरो आउँछ, अलि फेदीमा खहरे बौलाउँछ, मैदानमा डुबानले पिरोल्छ । यी तीनै अवस्थालाई सम्बोधन गर्ने रणनीति फरक हुनु जरुरी छ । पहिरो जानसक्ने सम्भावित क्षेत्र पहिचान गर्न हाम्रा विज्ञहरू कहिल्यै सक्षम भएनन् । पानी पर्छ भन्ने मौसमविदले कहिल्यै जानकारी दिएनन् । त्यसैले त किसान धान डुबेर धुरुधुरु रोइरहेका छन आसू बगाइरहेका छन्, आफन्त गुमाउनुपरेकाहरुको दर्दनाक पीडा बाट राज्यका संयन्त्रले कहिले पाठ सिक्ने ?


क्याटेगोरी : प्रमुख समाचार, विचार/लेख, सम्पादकीय
ट्याग : #कुबेलाको अविरल बर्षा

तपाईको कमेन्ट लेख्नुहोस्