रोनाल्डोका बिरुद्ध उजुरी
काठमाडौं ५ चैत । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोविरुद्ध उजुरी परेको छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको खेलको क्रममा ह्याट्रिक गरेपछिको रोनाल्डोको सेलिब्रेशन अनुपयुक्त रहेको युइएफएले उल्लेख गरेको छ । ३४ वर्षका रोनाल्डोले ह्याट्रिक गरेपछि त्यसको सेलिब्रेशनको क्रममा एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनको शारीरिक भावको कपी गरेका थिए । पहिलो लेगमा २–० ले पराजित भएर पनि दोस्रो लेगमा रोनाल्डोको ह्याट्रिकको सहयोगमा युभेन्टसले अन्तिम ८ को यात्रा तय गरेको थियो । प्रशिक्षक सिमोले पहिलो लेगमा जित निकालेपछि समर्थकतिर फर्किएर आफ्नो क्रच समातेका थिए। रोनाल्डोले दोस्रो लेगमा ह्याट्रिक गरेपछि त्यसै गरेका हुन् । युइएफएले रोनाल्डोविरुद्धको उजुरीमा मार्च २१ मा निर्णय गर्ने छ । सिमोनले आफ्नो सेलिब्रेशनका लागि २० हजार युरो जरिवाना तिर्नुपरेको थियो । क्वाटरफाइनलमा युभेन्टसले डच क्लब अजाक्ससँग खेल्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्