लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रभित्र गरिने सुधारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको प्रतिरोध आफ्नो पार्टीले गर्ने पनि उनले बताए ।
‘लोकतन्त्रभित्र गरिने सुधारमा हाम्रो पूर्ण सहयोग रहन्छ, तर लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको हामी दृढ प्रतिरोध गर्छौं,’ सभापति थापाले भने ।
सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्