Techie IT
  • १ जेठ २०८३, शुक्रबार
KhojPatrika

सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाएका छन् । १३७ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता गरिरहेको सहसंयोजक नेपालको भनाई थियो । उनले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गरे । उनले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताए । सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि बताए ।

उनले भने,‘ यो सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुर विरोधी काम गरिरहेको छ । ट्रेड युनियन अधिकार विरोधी काम गरिरहेको छ । जनताको बास बस्ने अधिकारलाई खोसी रहेको छ । रोजगारीको अधिकार जनताको अधिकार हो । त्यसलाई पनि बेवास्ता गरिरहेको छ ।

त्यसो हुनाले पनि हामीले सरकारलाई अहिले नै सावधान गराउनु पर्छ । तपाईंको एक सय दिन पनि पूरा भएको छैन । तर लक्षण राम्रो देखाइरहनुभएको छैन । भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ ।

नाजायज होइन । अहिले नै हामी आरोप लगाईरहने पक्षमा छैनौ । तर हामी तपाईलाई समय दिन चाहन्छौँ । मौका दिन चाहन्छौँ । जनविरोधी काम नगर्नुहोस् । जनतालाई पीडा र यातना दिन काम नगर्नुस् । अहिले त्यसको अगुवाई गर्ने काम मजदुरहरुले गर्नुपर्छ ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं