बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
काठमाडौं । सरकारले बल्खु क्षेत्रमा रहेका अनधिकृत संरचना र सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अगाडि बढाएसँगै स्थानीय बासिन्दाहरूले सरकारको यस कदमप्रति तिब्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
बल्खुस्थित सुकुम्बासी बस्तीमा सात जनाको परिवारसहित बसोवास गर्दै आउनुभएका अम्बिका पुरीले सरकारले कुनै पूर्वसूचना नदिई एक्कासि बस्ती हटाउन खोजेको भन्दै दुःख व्यक्त गरेका हुन । उनले सरकारले विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा पु¥याएको आरोप लगाए ।
उनले सरकारको पछिल्लो कदमप्रति असन्तोष व्यक्त गरे । विगतमा निकै मेहनत गरेर बसोवासको व्यवस्था मिलाएको उल्लेख गर्दै उनले सरकारले सुकुम्बासी बस्ती भत्काउनुअघि उचित व्यवस्थापन वा अर्को जग्गाको व्यवस्था गर्नुपर्ने माग गरे ।
प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले शुरुमा केही राम्रो काम हुने आशा पलाए पनि अहिले आफूहरू बिचल्लीमा परेको बताए । पुरीकाअनुसार सरकारले बिना जानकारी डोजर चलाउँदा स्थानीयको धनमालमा क्षति पुगेको छ । ‘यो सरकारले गरेको काम राम्रो छैन । बस्ती हटाउनु नै थियो भने हामीलाई दोस्रो जग्गा वा बस्ने ठाउँको विकल्प दिनुपथ्र्यो ।’ उनले भने ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तिब्रता दिएपनि विकल्पहीन विस्थापनले सुकुम्बासी परिवारहरूमा भने अन्योल र त्रास सिर्जना गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्