देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले गत भदौमा भएको जेनजी आन्दोलन, राजनीतिक अनिश्चितता तथा अहिले पश्चिम एसियामा जारी द्वन्द्वका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण गरेको छ ।
गत आव २०८१–८२ मा ४.६ प्रतिशतको आर्थिक वृद्धि भएकोमा यो वर्ष घटेर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ ले गरेको छ ।
यसअघि गत सेप्टेम्बरमा एडीबीले २३–२४ भदौको जेनजी आन्दोलनले सत्तापलट गरेपछिको राजनीतिक अनिश्चितताका कारण आर्थिक वृद्धि ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको थियो । अहिले त्यसभन्दा पनि कम आकलन गरिएको हो ।
‘राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउने छ । यद्यपि, खासगरी मध्यपूर्वमा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण आप्रवाहमा प्रतिकूल जोखिम कायमै देखिन्छ,’ नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताइन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- २सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति
- ३ज्ञानेन्द्र शाहीलाई रविको आग्रहः सँगै कयौँ राजनीतिक सहकार्य गर्न बाँकी नै छ
- ४मन्त्रीपरिषद बिस्तार : गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त
- ५दुई सातामै श्रममन्त्री दीपककुमार साह बर्खास्त



तपाईको कमेन्ट लेख्नुहोस्