ज्ञानेन्द्र शाहीलाई रविको आग्रहः सँगै कयौँ राजनीतिक सहकार्य गर्न बाँकी नै छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले राप्रपालाई धोखा नदिएको बताएका छन् ।
विहिबार राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेसँग कुरा भएर आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताएका थिए ।
त्यसबारे सोधिएको प्रश्नमा उनले भने, ‘ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो । उहाँ सधैँ साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौँ सहकार्य गर्न बाँकी नै छ । एउटा माघले कहाँ जाडो जान्छ?’
उनले उपसभामुखबारे राप्रपासहित सबै राजनीतिक संवादहरू हुने संवादलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् ।
उनले थपे, ‘राजनीतिक संवादहरू त हुन्छन्, किन नहुनु ? अन्य सबै दलहरूसँग भएको हो। धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा सही निर्णय गर्ने समय आउँदा अन्य फ्याक्टरहरूले पनि काम गर्छ, त्यस्तो केही होइन । सहकार्य गर्ने ठाउँ कति आउँछ नि ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रवि लामिछानेको आश्वासनल उपभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी
- २देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- ३सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति
- ४ज्ञानेन्द्र शाहीलाई रविको आग्रहः सँगै कयौँ राजनीतिक सहकार्य गर्न बाँकी नै छ
- ५मन्त्रीपरिषद बिस्तार : गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त



तपाईको कमेन्ट लेख्नुहोस्