Techie IT
  • २५ चैत्र २०८२, बुधबार
KhojPatrika

चार वटा संसदीय समितिका सभापतिले लिए शपथ


काठमाडौ । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका सभापतिले शपथ लिएका छन् ।

सिंहदरवारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

समिति सभापतिको निर्वाचन मंगलबार भएको थियो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल छ्न ।

विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार चारै जना नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं