कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो ।
सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । रोकाय काग्रेस ससदिय दलको प्रमुख सचेतक समेत हुन ।
समिति सभापतिमा सर्वम्मत भए पनि रोकायाले कसैप्रति कुनै पनि प्रकारको पुर्बाग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउनेगरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई समेत स्वागत गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
- २सरकारले भन्यो-जोरबिजोर प्रणाली लागू हुन सक्छ
- ३राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
- ४पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
- ५मन्त्रिपरिषदको वरीयता हेरफेरः पाँचौमा झरे सुधन, आठौंमा उक्लिइन् सीता वादी



तपाईको कमेन्ट लेख्नुहोस्