Techie IT
  • १८ चैत्र २०८२, बुधबार
KhojPatrika

पुर्णबहादुर खड्कालाई कांग्रेसले गरायो सचेत


काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई सचेत गराएको छ ।

खड्काले पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका थिए ।

आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई सचेत गराउँदै फेरि गल्ती दोहोर्‍याए कारबाही गर्ने चेतावनी दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ ।

साथै, अव उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं