बिहिबारको प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले संसद् अवरोध नगर्ने बताएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिनिधि सभाको बैठक सुचारु हुने ढङ्गले कुरा भएको बताए ।
अध्यक्ष केपी ओली पक्राउविरुद्ध एमालेले सदनबाट पनि प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर, आजको बैठकमा एमालेको तर्फबाट त्यस्तो कुनै कुरा नआएको बताए ।
उनले भोलिको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कुरा भएको पनि बताए । उनले उपसभामुखको बारेमा पनि छलफल भइरहेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १बिहिबारको प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
- २एसईईमा जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण
- ३संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
- ४सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने
- ५चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्