Techie IT
  • १६ चैत्र २०८२, सोमबार
KhojPatrika

एमाले अध्यक्ष ओलीको रिहाई माग गर्दै सडकमा उत्रिए नेता,कार्यकर्ता


काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ ।

एमालेले आज पार्टीको बागमती प्रदेशको आह्वानमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘प्रतिशोधको राजनीति अन्त्य गर’, ‘अध्यक्षलाई रिहाइ गर’ लगायतका नारा लगाएका छन् ।

एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।

ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं