सपथ ग्रहण समारोहमा देखिए हर्क र ज्ञानेन्द्र, प्रचण्ड र बादल सँगै
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई सपथग्रहण गराएका छन् । रास्वपाको अत्यधिक बहुमत रहेको प्रतिनिधिसभा पहिलो दिन नौलो देखिएको छ ।
सभाहलको आधाभन्दा ठूलो हिस्सा रास्वपा सांसदहरु रहेका छन् । प्रतिपक्षी लहरको सबैभन्दा अगाडिको सिटमा नेकपा संयोजक प्रचण्ड र एमाले उपाध्यक्ष बादल सँगसँगै छन् । उनीहरु पूर्वसहयोद्धा हुन् । दुवै राष्ट्रिय पोशाकमा छन् ।
उनीहरुसँगै कांग्रेसका दुई सांसद छन् । तेस्रो ‘रो’ मा राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ पहिलो सिटमा सँगसँगै छन् । रास्वपाको ‘रो’ मा सबैभन्दा पहिलो लहरमा सभापति रवि लामिछाने र त्यसपछि बालेन साह छन् ।
उनीहरुसँगै पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्ले बसेका छन् । अर्को ‘रो’ को नेतृत्व महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका छन् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सपथ ग्रहण समारोहमा देखिए हर्क र ज्ञानेन्द्र, प्रचण्ड र बादल सँगै
- २नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ
- ३शपथ लिन पुगेका महावीर पुन भन्छन्– जे जे आइपर्छ त्यही गर्छु
- ४फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- ५सञ्चारमाध्यममा आएपछि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्