Techie IT
  • १२ चैत्र २०८२, बिहीबार
KhojPatrika

शपथ लिन पुगेका महावीर पुन भन्छन्– जे जे आइपर्छ त्यही गर्छु


काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले पद धारण गरेपछि जे–जे काम आइपर्छ त्यही गर्ने प्रतिक्रिया दिएका छन् ।

बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका पूर्व शिक्षा मन्त्रीसमेत रहेका पुनले ‘विधायिकी अभ्यास कसरी गर्नुहुन्छ रु’ भन्ने पत्रकारको प्रश्नमा यस्तो जवाफ दिएका हुन् ।

‘अब जेजे आइपर्छ त्यही गर्ने । मेरो तरिका त्यही छ, जेजे आइपर्छ गर्ने, पछि नहट्ने,’ पुनले भने, ‘भविष्यमा केके आइपर्छ, केही थाहा छैन अहिले । भविष्यको कुरा कसैलाई थाहा हुँदैन, भगवान्लाई मात्र थाहा हुन्छ होला ।

भगवान्लाई पनि कुन्नी ?’ त्यसैले अहिले नै आफू यो गर्छु, त्यो गर्छु केही नभन्ने उनले बताए । ‘मेरो भूमिका यो हुनेछ, त्यो हुनेछ भन्ने कुरा हुँदैन, राम्रो काम गर्ने भूमिका हुनेछ, ल,’ सांसद पुनले भने । शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा आफूलाई टन्न सिकाइ भएको बताउँदै त्यो अहिले भनिसाध्य नभएको पुनले प्रतिक्रिया दिए ।

उनले भने, ‘खासगरी शिक्षामा राजनीतिकरण हटाउने । शिक्षामा भएको जुन राजनीतिकरण छ त्यसले विश्वविद्यालयको शिक्षा, विद्यालय शिक्षा बिगारेको छ त्यो सुधार्ने ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #महावीर पुन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं