काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
काठमाडौं । नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।
बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले १५ औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि शुरु हुने समेत जानकारी दिए ।
कार्यतालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताइएको छ ।
उनले बैठकले पार्टीको केन्द्रीय महाधिवेशन अगामी असोज १६,१७, १८ र १९ गते काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, ‘पार्टीको १५औँ महाधिवेशनको मिति पारित भयो । महाधिवेशनको प्रक्रिया चैत २१ गतेबाट शुरु गर्छौं । महाधिवेशनको फाइनल अगामी असोज १६,१७,१८ र १९ मा हुन्छ । बाँकी निर्णयहरुबारे भोलि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
- २असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री
- ३उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
- ४मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- ५कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित



तपाईको कमेन्ट लेख्नुहोस्