Techie IT
  • २३ माघ २०८२, बिहीबार
KhojPatrika

फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल


काठमाडौं । सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने गरी तयारी तीव्र पारेको छ । हिमाली करिब २३ वटा जिल्लामा चिसोका कारण हुन नसक्ने दलहरूको धारणाबीच सरकारले एकै चरणमा सबै ७७ जिल्लामा निर्वाचन गर्ने निष्कर्षसहित काम अघि बढाएको हो ।

बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच करिब २ घण्टा लामो वार्ताका क्रममा निर्वाचन एकै चरणमा गर्ने कुरामा सहमति भएको हो । वार्तामा प्रधानमन्त्री कार्कीले ओलीसँग निर्वाचनको तयारी र देशको सुरक्षा अवस्थाबारे जानकारी गराएकी थिइन् ।

उनले निर्वाचनमा सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै एकै चरणमा सम्पन्न गर्ने उल्लेख गरेकी हुन । बुधबारदेखि ८० हजार सेना सडकमा निस्किएकाले शान्ति सुरक्षाको वातावरण बलियो रहेको निष्कर्षसहित उक्त तयारीलाई गति दिइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेसहितका शीर्ष दलहरू पनि एकै चरणमा निर्वाचन हुनुपर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री सुशीला कार्कीले भने हिमाली जिल्लाको अवस्था हेरेर दुई चरणमा गर्न सक्ने बताएकी थिइन् ।

बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँग भएको संवादपछि ओली पनि एकै चरणमा चुनाव गराउन सहमत भएपछि यो वातावरण बनेको हो । सरकारले सेना समेत सडकमा निस्किएसँगै ७७ जिल्लाका १६५ क्षेत्रमा एकसाथ निर्वाचन गर्ने गरी तयारी तीव्र पारेको हो ।

निर्वाचन आयोगले पनि अहिलेसम्म ५५ जिल्लाको मतपत्र छापिसकेको जनाएको छ । अब कांग्रेस, एमाले र नेकपासहितका दलहरू पनि तयार भएपछि निर्वाचन सर्ने र दुई चरणमा लैजाने सम्भावना सकिएको हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं