काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव लड्ने कुनै ठाउँ नपाएर खोज्दै सर्लाही नआएको बताएका छन् ।
सर्लाही–४ को विष्णु गाउँपालिकामा आयोजित कार्यक्रमका सम्बोधन गर्दै काठमाडौं ४ मा आफू सर्लाही नगएसम्म एमालेको उम्मेदवार नै नभएको बताएका हुन ।
उनले भने, ‘म सर्लाही नआएसम्म एमालेको उम्मेदवार नै थिएन । रास्वपाले कुनै उम्मेदवार नै नपाएर बाहिरको मान्छे ल्याएर उम्मेदवार बनाएको छ। यस पटक कांग्रेस मात्रै होइन, नयाँ पुरानो सबै पार्टीहरू विशेष सभापति भइसकेपछि विद्रोह गरेर आएको भन्दै काठमाडौंबाटै उम्मेदवार बन्नुपर्छ भन्ने थियो ।’ उनले आफू काठमाडौं ४ का मतदाताप्रति ऋणी रहेको भन्दै सधैँ सेवा गरि राख्ने बताए ।
उनले थपे, ‘म सोचेरै मधेश झरेको हुँ, मेरो बाआमा पहाडबाट काठमाडौं आउनुभएको हो । मलाई पहाडको दुख थाहा छ, काठमाडौंको राम्रो र नराम्रो दुवै कुरा छ । त्यसैले अहिले सिङ्गो नेपालको हुनको लागि मधेश झरेको हुँ ।’
उनले आफू विगतदेखि नै मधेशको मुद्दाको बारेमा बोल्दै लड्दै आएको जिकिर गरे।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्