Techie IT
  • १७ माघ २०८२, शुक्रबार
KhojPatrika

इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने


काठमाडौं । युरोपेली सङ्घका विदेश मन्त्रीहरूले बिहीबार इरानको ‘रिभोलुसनरी गार्डस्’ लाई इयूको ‘आतङ्कवादी सूची’ मा राख्न सहमत हुने अपेक्षा गरिएको छ ।

ब्रसेल्समा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी हुन इयूका विदेश नीति प्रमुख काजा कलासले पत्रकारसँग भनिन्, यदि तपाईं आतङ्ककारीका रुपमा काम गर्नुहुन्छ भने तपाईंलाई पनि आतङ्ककारीका रुपमा व्यवहार गर्नुपर्छ ।

उनले ‘रिभोलुसनरी गार्डस’लाई अलकायदा र इस्लामिक स्टेट समूहजस्ता जिहादी समूहको स्तरमा राखेको बताएकी छन् । इरानमा भएको प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको समाचार सार्वजनिक भएपछि इयूको यो कदमले इरानमा निन्दाको कडा सन्देश दिनेछ ।

यसैबीच, २७ राष्ट्रहरूको समूह इयूले दमनमा २१ राज्य संस्थाहरू र आन्तरिक मन्त्री, अभियोजक जनरल र क्षेत्रीय आईआरजीसी कमान्डरहरूसहित २१ इरानी अधिकारीहरूलाई भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरेको छ ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं