इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने
काठमाडौं । युरोपेली सङ्घका विदेश मन्त्रीहरूले बिहीबार इरानको ‘रिभोलुसनरी गार्डस्’ लाई इयूको ‘आतङ्कवादी सूची’ मा राख्न सहमत हुने अपेक्षा गरिएको छ ।
ब्रसेल्समा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी हुन इयूका विदेश नीति प्रमुख काजा कलासले पत्रकारसँग भनिन्, यदि तपाईं आतङ्ककारीका रुपमा काम गर्नुहुन्छ भने तपाईंलाई पनि आतङ्ककारीका रुपमा व्यवहार गर्नुपर्छ ।
उनले ‘रिभोलुसनरी गार्डस’लाई अलकायदा र इस्लामिक स्टेट समूहजस्ता जिहादी समूहको स्तरमा राखेको बताएकी छन् । इरानमा भएको प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको समाचार सार्वजनिक भएपछि इयूको यो कदमले इरानमा निन्दाको कडा सन्देश दिनेछ ।
यसैबीच, २७ राष्ट्रहरूको समूह इयूले दमनमा २१ राज्य संस्थाहरू र आन्तरिक मन्त्री, अभियोजक जनरल र क्षेत्रीय आईआरजीसी कमान्डरहरूसहित २१ इरानी अधिकारीहरूलाई भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरेको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्