रुकुम पश्चिममा प्रचण्ड र माधवले सम्बोधन गर्ने, दश हजार बढी कार्यकर्ता उतारिने
रुकुमपश्चिम । नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले पुस २६ गते बृहत एकता सन्देश सभा गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी नेकपाले एकता सन्देश सभाको बारेमा जानकारी दिएको हो ।
कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज बसन्त शर्माले दुई पूर्व प्रधानमन्त्रीहरु पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
बामघटक दलहरुको बृहत एकतापछि जिल्लामा पहिलो पटक हुने सभाको तयारी तिब्र रुपमा भईरहेको बताइएको छ । मुसिकोट नगरपालिका १ को बराहाटाकुरामा सभा हुने र सभामा दश हजार बढी कार्यकर्ताहरु सहभागी हुने दाबी गरिएको छ ।
बामपन्थी एकताको पक्षमा रुकुमको ऐक्यबद्धता देखाउन, पार्टीको धारण जनतामास स्पष्ट पार्न र आगामी प्रतिनिधि सभाको चुनाव लक्षित पार्टीको धारणा सार्वजनिक गर्न सभा आयोजना गरिएको जिल्ला ईन्चार्ज शर्माले बताए ।
तत्कालिन माओवादी केन्द्रका नेता जनार्दन शर्माले आम जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएर एकता प्रक्रियाबाट पन्छिएकोले रुकुम जिल्ला व्यक्ति भन्दा विचारकै पक्षमा उभिएको सन्देश प्रवाह हुने उनले जानकारी दिए ।
त्यस्तै, प्रतिनिधि सभा सदस्यमा नेकपाबाट एकल रुपमा सिफारिस भएका गोपाल शर्माले विगतको विरासत जोगाउन नेकपा सफल हुने बताए । उनले जिल्लाका सर्वमान्य नेता जनार्दन शर्माले पार्टी छोडेपछि विकल्पमा जानु परेको र उक्त जिम्मेवारी आफूले ग्रहण गरेको उल्लेख गरे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्