विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि मंगलबार दुर्व्यवहार भएको भन्दै निन्दा गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले प्रदर्शन गरिरहँदा उपसभापति निधिसँग नोकझोक भएको थियो ।
उक्त घटनापछि सामाजिक सञ्जालमा लेख्दै रास्वपा प्रवक्ता झाले नेतृत्वमा नयाँ पुस्ताले दाबी गर्नु स्वाभाविक भएपनि पुराना पुस्ताका नेताप्रति सम्मान कायम राख्नुपर्ने बताएका छन् ।
२०७९ सालमा कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका झाले लेखेका छन्, ‘नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो तर पुरानो पुस्ता प्रति सम्मान यथावत् रहनुपर्छ ।
तसर्थ आज ललितपुर सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस नेता विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार निन्दनीय छ । म खेद व्यक्त गर्दछु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्