Techie IT
  • २१ पुस २०८२, सोमबार
KhojPatrika

अब रास्वपाको वरिष्ठ नेता बालेन शाह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनीत भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी दिएको हो । आइतबार बसेका पार्टीका दुईवटा छुट्टाछुट्टै केन्द्रीय समिति बैठकबाट ३३ जना केन्द्रीय सदस्यहरू मनोनीत गरिएको छ ।

विवेवशील साझा र बालेन पक्षका गरी ३३ जना केन्द्रीय सदस्यलाई मनोनीत गरिएको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको थियो । रास्वपाको विधान अनुसार उपसभापतिमा एक महिला सहित तीन जना हुने व्यवस्था छ ।

विधानको यही व्यवस्था कार्यान्वयन भए तीन मध्ये एक जना महिला उपसभापति हुनुपर्नेछ । हाल कुलमान घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले उपसभापति छन् । तीन जनामा महिला उपसभापति नभएको हुँदा रास्वपाले विधान संशोधन गर्नुपर्ने भएको छ ।

उज्यालो नेपाल रास्वपासँग एकता हुँदा कुलमानलाई उपसभापति पद सहित भिर्त्याइएको थियो । विधान अनुसार महामन्त्री एक जना हुने प्रावधान छ । बैठकले महामन्त्री पदमा एक जना थप्ने निर्णय गरेको छ । हाल रास्वपाको महामन्त्री कविन्द्र बुर्लाकोटी छन् । एक महिला सहित सहमहामन्त्री तीन जना हुने विधानको व्यवस्था छ ।

सहमहामन्त्री एक जना थप्ने निर्णय गरिएको छ । एक महिला सहित तीन जना हुने सहमहामन्त्रीमा सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि वीपीनकुमार आचार्य मात्रै सहमहामन्त्री छन् । सहप्रवक्ता पनि एक जना थप्ने निर्णय गरिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं