गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले महामन्त्री गगनकुमार थापालाई खुला पत्र लेखेका छन् । पार्टीमा नियमित महाधिबेशन स्थगित गर्दै विशेष महाधिबेशनको प्रक्रिया अघि बढाउन थालेपछि उनले खुला पत्र लेखेका हुन ।
देशको विषम परिस्थितिमा सभापति शेरबहादुर देउवामाथि चौतर्फी हमला भइरहेको बेला कांग्रेसमा थप किचलो ल्याउन काम नगर्न महामन्त्री थापालाई केन्द्रीय सदस्य नेपालीले आग्रह समेत गरेका छन् ।
केन्द्रीय सदस्य मानबहादुर नेपालीले लेखेको खुला पत्र यस्तो छ ।
आदरणीय दाजु गगन कुमार थापा ज्यु ।
जय नेपाल
विषय–खुल्ला पत्र
फागुन २१ गते सरकार ले चुनाव घोषणा गरेको कारण तपाईं को ब्यस्ततालाई ध्यान मा राखेर पत्र लेखेको छु । लामो संघर्ष त्याग वलिदानिको मिसायल कांग्रेस को सदस्य हुने गौरवपुर्ण अवसर तपाईं म लगायतले प्राप्त गरेको छौं। ०३३ खाली केही महिनाले तपाईं म भन्दा जेठो हुनुहुन्छ तपाईंको भाग्य कर्म क्षमता अनि तपाईं जन्मेको परिवार आर्थिक जीवन भूगोल वर्ग समुदाय ले नेपाली कांग्रेस मात्रै होइन देश मा लोकप्रिय युवाको पहिचान बनाउनु भएको छ ।
म ०५२ सालमा नेबिसंघको अध्यक्ष हुदा विपि कोइराला बन्ने सपना थियोे म रुकुम को दलित परिवार मा जन्मनु निम्न आर्थिक अबस्था उत्पीडित समुदाय काठमाडौंलाई चिन्न नेपाली कांग्रेसका नेताको सामीप्य मा पुग्न अविराम यात्रामा छु ।
तपाईंले प्राप्त गरेको अवसरमा मलाई गर्व छ डाह कत्ति पनि छैन किन मैले आजसम्म पाएका अवसरलाई तपाईंसंग तुलना गर्दा हलो जोत्ने परम्परागत पेशा गर्ने मेरा बा खेतिकिसान मेलापात गर्ने मेरि आमा जातीय उत्पीडिनका सांङ्लाले बाधियको मेरो परिवार मैले पढेको स्कुल क्याम्पस र मलाई राजनीति सिकाउने नेताको स्थर रुकुमबाट काठमाडौंसम्म राजनीति गर्दा खाली पकेट विद्यार्थी साथीको डेराको बास भेट्न् जाँदा नेताको व्यबहार सम्झेर जीवन भर छोराछोरी को इच्छा बुढा बाआमा को सपना लाई बन्धकी राखेर अविराम यात्रा मा छु खै मलाई थाहा छैन बिपि कोइराला बन्ने सपना के होला ? आखिर तपाईं र म भन्दा अगाडि जन्मेको पुस्ता को रगत पसिना जीवन जवानी अझै पिडादायक देखेको छु ।
बागलुङका पदम सिङ बिश्वकर्मा र मधेसका बंगालिहजारा पासवान खाली खुट्टा फाटेको कपडा सहित सांसदको सपनाको खोजी गर्नु भयो प्राप्त नगरेर दुबैको निधन भयो त्यसैले मैले चित्त बुझाएको छु धेरै ले यस्तै पीडित साथीहरू लाई हेरेर बाचेको होलान् ।
गगन दाई तपाईंले माओवादी हिसां किताबमा पढनु भयो मैले आफैले ब्यहोरे तपाईं ले रेडियोमा सुन्नु भयो मैले रुकुम मा मारिएका शहिद ८५ जनाको रगतले लत्पतियको लासलाइ पोस्टमार्टम गरायर खलंगामा गाडे । मलामी बने पीडित बेसहारा घाइते अपांगहरु संग दुख संगै काटेको छु ।
गिरिजाबाबूले माओवादीलाई जंगलबाट ल्याउनुभयो तर जंगल आचरण कहिले पनि सुधार भएन चुनाव रणभुमी भयो । आज पनि ती दुख का घाउ बेसहारा अबस्था रहेको छ । आखिर आज माओवादीको गरिव दलित झुक्याउने चरीत्र उदाङो भयो नयाँ सामन्त बर्ग को रूपमा माओवादी नेताको उदय भयो । चुनाव महंगो भयो गरिवले चुनाव लडन नसक्ने अबस्था छ ।
भदौ २३ र २४ गते युवा मागलाई मोहडा बनायर इतिहास कै बर्बरता पासविक र दानविय चरीत्र बोकेकाहरु बाट संविधान लोकतन्त्र को छातीमा भाला रोपिएको छ । देशीविदेशी नेपालीको भलो नचाहनेहरुले आज पनि विभिन्न तानाबाना का बिच संसयमा बाच्न बाध्य छौ । संसद अदालत र कार्यपालिका अनि बि पि किसनु जि र गणेशमान निवास निशाना भए ।
पितातुल्य ८० बर्ष उमेर भएको जीवनलाई प्रजातन्त्र को लागि समर्पण यातना जेल सहेर यो दिन ल्याउने पश्चिमको डडेल्धुरा को गाउँमा जन्मेर पन्चायतको कालरात्रिमा स्वतन्त्रताको दियो बाल्ने हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा माथि आत्मपोल्ने अमानवीय हिसांत्मक योजना बद्द ज्यान लिने उद्देश्य को आक्रमणले सबै नेपालीको मनरुने हदयविदारक अबस्था आज पनि हाम्रो मानसपटलमा ताजा छ ।
वदला घृणा प्रतिशोधको ज्वाला सबै के कांग्रेस के अरु सबै को मनमा बलेको छ । तपाईं हामी त शेर बहादुर देउवा को पार्टीका अंशियार मन भावना आस्थाका प्रतीक भएकोले पिडा नहुने कुरा भएन । केन्द्रिय समितिको असोज २८ को बैठकमा सभापति ज्यु को आग्रहरहित देश पार्टी प्रती र नयाँ पुस्ता को भविस्य बचाउन पिडालाई आफ्नो निजि कुरा बनायर राजनेता को चरीत्र देखाउदै अविभावकिय भुमिका मा हुनुहुन्छ ।
पत्र लामो भयो नेपाल , लोकतन्त्र र नेपाली कांग्रेस माथि चौतर्फी आक्रमण भएको आजको अवस्थामा सबै नेपाली सबै कांग्रेस को मेलमिलाप आवश्यक छ । तपाईं लाई जस्ले छिटोछरितो जसरी पनि भनेर दवाव दियर तपाईंको ब्यक्तितब समाप्त गर्ने कोशिश जस्तो लाग्यो । के यो बेला पार्टी भित्र बेमेल खोज्ने बेला हो ? महाधिवेशन अहिले भय सभापति हुने पछि भय नहुने हो ? के विधि विधान को परिभाषा आफ्नो अनुकुल गर्न मिल्छ ?
महाधिवेशन प्रतिनिधिको आत्मसम्मानमा चोट पुग्ने गरि हस्ताक्षर जता जे जहाँ पनि प्रयोग गर्न मिल्छ ? सफलताको मात्रै होइन असफलता को हिस्सा आफुले लिनु पर्दैन ? के दिन बाकी थियो र यति सारो ४ महिनादेखि हाम्रा साथीहरूलाई घाउमा नुन छर्किने जस्तो भयको छ ।
२६ र २७ मा महाधिवेशन नभए देश कांग्रेस लाई ठुलो संकट प्रलय के आउँछ त्यो कुरा गोप्य राखेको भय सार्वजनिक गर्नु होस । होइन जसरी पनि नमिल्ने कुरा को मात्रै किन खोजी गरि राख्नु भएको छ । सार्वजनिक संन्जाल मा विषवमन ले संगै नभएको जस्तो अनुभुती हुन्छ । एक ब्यक्तिले मात्रै देश फेरेको पार्टी रुपान्तरण गरेको इतिहास छैन त्यसका लागि आम समर्थक मा एकता आपसी विश्वास विचार भावनाले सम्भावना हुन्छ ।
अन्तमा तपाईं लाई छोटो समय मा धेरै माया अवसर नेपाली कांग्रेसले दियो पार्टी देश अप्ठ्यारोमा भएको बेला सक्नु हुन्छ यी गतिविधि बन्द गरौ कृयाशिल महाधिवेशनका मतदाता हुन त्यो काम सकौ रुपान्तरण माथी मात्रै होइन तल पनि चाहिएको छ । नियमित महाधिवेशन गरौ तपाईंलाई महाधिवेशन प्रतिनिधिले जिताए तपाईं भन्दा माथिल्लो पुस्ता जसले लोकतन्त्र कांग्रेस र देश का लागि योगदान गरेको पुस्ता पनि तपाईंलाई नेता मान्न तयार हुनुहुन्छ । जय नेपाल
उहीँ तपाईंको साथी
मान बहादुर नेपाली
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- २ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ३समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने
- ४जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली
- ५आफ्नो निवासमा आएका नेताहरूलाई देउवाले भने–पार्टी नफुटोस् भन्ने चाहन्छु



तपाईको कमेन्ट लेख्नुहोस्