विशेष महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको ठोकुवा, पछि हट्न नसक्ने जिकिर
काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब दिइरहेका छन् ।
विशेष महाधिवेशन पक्षहरुले शुक्रवार पत्रकार सम्मेलन नै गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा गर्न दवाव दिएका हुन ।
उनीहरुले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दाबी गरे । नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरुको जिकिर छ ।
कांग्रेस नेता सुवास पोखरेलले असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताए ।
काँग्रेससँग विशेष महाधिवेशन बाहेक अन्य कुनै विकल्प नभएको उनको भनाइ छ । विशेष महाधिवेशनले पार्टीमा फुट नभई एकता कायम गर्ने विशेष महाधिवेशन पक्षधरहरुको भनाई छ । उनीहरुले पार्टी विभाजन गर्ने पक्षमा आफूहरु नरहेको पनि बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली
- २आफ्नो निवासमा आएका नेताहरूलाई देउवाले भने–पार्टी नफुटोस् भन्ने चाहन्छु
- ३नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने
- ४विशेष महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको ठोकुवा, पछि हट्न नसक्ने जिकिर
- ५१३ नेपालीलाई कतारले दियो आममाफी



तपाईको कमेन्ट लेख्नुहोस्