दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याएर छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरे ।
उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताए । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई एकदिन कानूनको कठघरामा उभ्याउने बताए ।
थापाले भने, ‘दासढुंगा घटना नेपालविरोधी जनविरोधीहरूको भयंकर षड्यन्त्र थियो । षड्यन्त्रअन्तर्गत नै मदनआश्रितको हत्या गरिएको थियो । हामीले हत्यारालाई कानूनको कठघरामा ल्याउन सकेका छैनौँ । एक दिन हामी मदनआश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँ ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्