रास्वपा-उज्यालो नेपालबीच ७ बुँदे सहमति, कु्लमान पहिलो वरियताको उपसभापति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ । सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।
सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ । त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ । जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।
उज्यालो नेपाल पार्टीसँगको पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ । यसअघि पार्टी एकताको लागि पटकपटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आएका थिए ।
निर्णायक वार्तामा भने उनेपाले आफ्नो अडान त्यागेको छ । अब एकीकृत पार्टीको चुनाव चिह्न घण्टी नै रहने सातबुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख छ । एकीकृत पार्टीको झण्डा पनि साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति रहनेछ ।
पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ । एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन् । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहने भएका छन् ।
सातबुँदे सहमतिको चौथो नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्