बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीवार ज्वागलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको पनि बताए ।
उनले वैकल्पिक शक्तिहरू एक हुँदा आफ्नो समर्थन रहने बताए । उनले भने, ‘नयाँ र वैकल्पिकहरू जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ, भनेँ।’
बिहीवार बिहानैदेखि प्रमुख शाहलाई भेट्न विभिन्न राजनीतिक दलका नेताहरू ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरूले छलफल गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ
- २रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणीः सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्
- ३उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- ४कलाकार बले हाजिरी जमानीमा रिहा
- ५रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्