Techie IT
  • १० पुस २०८२, बिहीबार
KhojPatrika

बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीवार ज्वागलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको पनि बताए ।

उनले वैकल्पिक शक्तिहरू एक हुँदा आफ्नो समर्थन रहने बताए । उनले भने, ‘नयाँ र वैकल्पिकहरू जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ, भनेँ।’

बिहीवार बिहानैदेखि प्रमुख शाहलाई भेट्न विभिन्न राजनीतिक दलका नेताहरू ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरूले छलफल गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं