शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक शीतल निवासमा वार्ता भएको छ । यो वार्ताले तीन दलका शीर्ष नेता बिदा हुनुपर्ने पक्षमा रहेकी प्रधानमन्त्री कार्की र नेताहरूबीच संवादको ढोका खोलिदिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको छलफलमा दुई पक्षबीच संवाद अघि बढाउने समझदारी भएको हो ।
फागुन २१ गते हुने चुनावको वातावरण बनाउन विस्तृत छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गर्ने समझदारी बनेको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेतालाई राष्ट्रपतिले भेटाएका हुन् । देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष छलफल भएको हो ।
सरकार र तीन ठूला दलको यो वार्ताले अब फागुन २१ मा निर्वाचन हुने नहुने कुराको करिब निर्क्योल गर्ने चर्चाबीच संवाद अघि बढेको हो ।
राष्ट्रपतिले तीन दलका नेता जुटाएर संवाद गराएसँगै विश्वासको वातावरण बढेको शीतल निवासले जनाएको छ। शीतल निवासमा पुगेकामध्ये कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको पक्षमा छन् भने नेकपा चुनावको पक्षमा छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्