क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित र सहज बनाउन सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।
कांग्रेस महामन्त्री गगन थापाले यसअघि कतिपय क्षेत्रमा क्रम संख्या नभएको फारम वितरण भएको जानकारी आएपछि क्रम संख्या सहितका नयाँ क्रियाशील सदस्यता फारम पुनः प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइसकिएको बताएका छन् ।
पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया, मापदण्ड र कार्यविधिबारे जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्रमार्फत जानकारी गराइसकिएको पनि उनले पत्रमा उल्लेख गरेका छन् ।
परिपत्रमा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, गाउँरनगरपालिका र वडा कार्यसमितिसँग आवश्यक समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्नुपर्ने स्पष्ट गरिएको छ ।
केन्द्रीय कार्यालयले पार्टीको विधान, नियमावली, केन्द्रीय निर्णय र परिपत्रअनुसार मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्र केन्द्रमा विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्