दुर्गा प्रसाईंले सरकारलाई दिए पुस १० गतेसम्मको अल्टिमेटम,माग पूरा नभए चुनाव हुन दिदैनौं
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरु र जेनजी युवा पुस्ताका मागहरु सम्बोधन नभए अगामी फागुन २१ मा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नागरिक बचाउ अभियान अघि सार्दै आएका मागहरु पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम समेत दिएका हुन ।
उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्न समेत आग्रह गरे । उनले आफूहरुको अभियानलाई ६० भन्दा बढी राजनीतिक दल र जेनजी पुस्ताको समेत समर्थन रहेको पनि बताए ।
उनले भने, ‘म सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई के भन्छु भने तपाईहरु हामीलाई नजिस्कयाउनुस् । हामीलाई अहिले ६० वटा दलले साथ दिइसकेको छ । चुनाव नगराउने हाम्रो पक्षमा जेनजी भाईहरुको पनि साथ छ । हाम्रा र जेनजीका मागहरु पूरा हुन्छन् भने यो देशमा फेरी चुनाव हुन्छ ।
नभए चुनाव किन चाहियो रु फेररि तिनै मान्छेलाई ल्याउनलाई रु त्यसकारण फागुन २१ गते चुनाव हुदैन । त्यसको लागि तयारी गर्नु बेकार हो । हामीले सरकारलाई १० गतेसम्मको समय दिएका छौँ । यदि यो बीचमा हामीलाई बोलाएर माग पुरा गर्न तत्पर भएन भने निर्वाचन हुन दिँदैनौँ ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्