Techie IT
  • ६ पुस २०८२, आईतबार
KhojPatrika

प्रधानमन्त्री कार्की र रवि लामिछानेबिच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहभागी थिए ।

लामिछाने धरौटीमा  रिहा भएपछि पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । आइतबार दिउँसो मात्रै पार्टी कार्यालयमा सम्बोधन गर्ने क्रममा लामिछानेले सरकारको साथमा आफू नेतृत्वको पार्टी रहेको अभिव्यक्ति दिएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं