जेनजी आन्दोलनमा लुकेका मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ । आज एक कार्यक्रमबीच उक्त समूहले आन्दोलनको घोषणा गरेको हो ।
भोलि माइतीघरमा ११ बजे भेला हुन पनि उनले आव्हान गरेका छ्न् । भदौ २३–२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ ।
सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ । कार्की सरकारले जेन–जी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेतृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरेका छन् ।
सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व देशका लागि आवश्यक भएको ढुंगानाले बताएका थिए । आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेनजी अगुवाहरूको उपस्थिति थियो ।
भदौ २३ गतेको आन्दोलन आह्वान गरेका ढुंगानाले आफ्नो ज्यानको खतरा रहेको र आन्दोलनमा सहभागि नहुन धम्की दिइएको भन्दै घरमै बसेका थिए ।
आन्दोलनपछि खोजी हुँदा समेत उनी फोन अफ गरेर बसेका थिए । घटना सामसुम र सरकार बनेपछि मात्रै उनी बाहिर आएका थिए । पछिल्लो समय सरकारका बिरुद्धमा अभिब्यक्ती दिदैं ढुंगाना लगायतका जेनजी समूह हिडिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्