३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका रविलाई घण्टीघरमा बाजागाजासहित स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको काममा फर्किएका छन् । समर्थक र कार्यकर्ताले वनस्थलीमा उनको भव्य स्वागत गरेर पार्टी कार्यालयमा स्वागत गरेका हुन ।
बाजागाजा र नाचगान सहित लामिछानेको स्वागत गरिएको हो । उनी शुक्रबार धरौटीमा रिहा भएका हुन् । उनी ३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका थिए । रिहाइपछि उनी राजनीतिक गतिविधिमा सहभागी हुँदै आज पार्टी कार्यालय पुगेका हुन ।
वनस्थलीस्थित पार्टी कार्यालयमा लामिछानेलाई नेता कार्यकर्ताले औपचारिक स्वागत गरेका थिए । कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरूले रविलाई स्वागत गरेका हुन् ।
त्यस्तै, सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताए । समर्थकलाई सम्बोधन गर्दै उनले जेनजीको विद्रोहलाई रास्वपाले नै क्रान्तिमा बदल्ने जिकिर गरे । विषम परिस्थितिमा पनि पार्टीलाई जोगाएकोमा कार्यवहाक सभापति डोलप्रसाद अर्याललाई धन्यवाद दिए ।
‘उनले भने ममाथि जिल्लैपिच्छे मुद्दा लगाएका छन् । तर पनि मैले विश्वास गुमाएको छैन । सत्य हार्दैन भन्ने मैले विश्वास लिएको छु । यो विश्वास मैले गुमाएको छैन । मसँग सास रहुन्जेल विश्वास बाँकी रहन्छ’, । ‘चारैतिरबाट बाँड नै बाँड हानेको अवस्थामा पार्टी जोगाउनु चानचुने कुरा होइन । मेरो अनुपस्थितमा पार्टीलाई अझै उत्साह र एकताबद्ध बनाएकोमा डिपी अर्याललाई धन्यवाद दिन्छु’ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्