काठमाडौं १ मा पशुपतिशमशेर राणालाई सिफारिस, रविन्द्र मिश्रले अफवाह फैलाएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको छ । काठमाडौं क्षेत्र नं १ को क्षेत्रिय समितिको वैठकले गत साता नै उम्मेदवारको सिफारिस गरेको हो ।
क्षेत्रीय समिति अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको माइन्युटसहित सो निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको क्षेत्रिय समिति सदस्य विनोद दवाडीले जानकारी दिए । उनकाअनुसार क्षेत्रले रविन्द्र मिश्रको नाम सिफारिस नगरेपछी कार्यकर्ताको उपेक्षाकाबीच मिश्रले समिति वाहिरको मान्छे वोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएका छन् ।
क्षेत्रिय अध्यक्ष रामेश्वर श्रेष्ठले नमान्दा एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर सिफारिस भन्दै सामाजिक संजालमा भ्रम फैलाएको उनको आरोप छ ।
क्षेत्रीय कार्यसमितिबाट पशुपति शम्शेर राणा, सोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम प्रत्यक्षतर्फ तथा जयन्तनाथ खनाल, रामेश्वर श्रेष्ठ, रिना शाही वली, पुष्कर जङ्गम, भीमसेन पुरी र अम्बिका अर्यालको नाम समानुपातिकमा सिफारिस भएको छ।
अर्को सूचीअनुसार प्रत्यक्षतर्फ वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ र राम तन्दुकार तथा समानुपातिकमा मीना सुवेदी, खिना शाही, सुमिरा कार्की र लक्ष्मी तन्दुकारको नाम सिफारिस छ।
काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका कार्यकर्ता र क्षेत्रिय र सवै वडा समितीका सदस्यहरुले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै भेला आह्वान गरेका छन् । उनीहरूले यो गैर जिम्मेवारी कार्यको प्रतिकार गर्ने चेतावनी दिएका छन् । यसको लागि आजभोलिमै १ नं क्षेत्रका सवै सक्रिय सदस्यहरू समेतको भेलाको तयारी गरिएको दवाडीले बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १जेनजी आन्दोलनमा लुकेका मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
- २३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका रविलाई घण्टीघरमा बाजागाजासहित स्वागत
- ३काठमाडौं १ मा पशुपतिशमशेर राणालाई सिफारिस, रविन्द्र मिश्रले अफवाह फैलाएको आरोप
- ४शर्मिला तिमल्सिनाको रहर जिन्दगीको गजल संग्रह बजारमा
- ५पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू



तपाईको कमेन्ट लेख्नुहोस्