Techie IT
  • ३० मंसीर २०८२, सोमबार
KhojPatrika

एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ । एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्दसत्र सुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । जस अनुसार, आज दिउँसो १ देखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ । यसअघि प्रकाशित कार्यतालिकामा उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय साढे १० देखि साढे १ बजेसम्मका लागि तोकिएको थियो ।

संशोधित कार्यतालिका अनुसार, दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । त्यस्तै, आजै ५ बजे उजुरी उपर छानबिन र निर्णय हुनेछ ।

त्यस्तै, ५ देखि ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता हुने कार्यतालिकामा रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुने बताइएको छ । मतदान भोलि ११ देखि ५ बजेसम्म हुने कार्यतालिका तय भएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं