१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमवार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन ।
उनले आफूहरु निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको जानकारी दिए । सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उनले अपेक्षा व्यक्त गरे । उनले महानगरले दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पुर्वाधार योजना सम्पन्न गरेको पनि जानकारी दिए । धुलोरहित कार्यक्रम अन्र्तगत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाईट जडान गरिएको उनले बताए ।
सडकबत्तिको गुणस्तर वृद्धि गर्न र रात्रिकालिन शहरी सौन्दर्य बढाउन ५ हजार तीन सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर शहरलाई उज्यालो बनाउन लागिएको पनि उनले जानकारी दिए । उनले महानगरले करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गरिएको पनि बताए । महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपाचार गरिएको पनि जानकारी दिए ।
उनले भने, ‘हामी काठमाडौं महानगरमा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजानिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिव दुई खर्ब मूल्य बराबरको १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।
गएको वर्ष हामीले करिव दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेका थियौँ । करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गर्न यसबाट २७६ मूर्तसम्बन्धी सम्पदासम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदासम्बन्धि कार्यक्रम सञ्चालन भए ।’
उनले महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरि काम गरिरहेको पनि जानकारी दिए । महानगरले वातावरण सुधार, धुलोरहित सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो शहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाई छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- २१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
- ३अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
- ४एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- ५मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्