प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
पाल्पा । नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री डा.महेश्वरी कुँवर नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेद्वारमा सिफारिस भएकी छन् ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ कुँवरसहित ४ जनाको नाम कांग्रेस क्षेत्रिय समितिको बैठकले सिफारिस गरेको हो ।
कुँवरसँगै हिमाल दत्त श्रेष्ठ, बीरबहादुर राना, कृष्ण बस्याल र मिना पन्थीको नाम सिफारिस गरेको पाल्पा कांग्रेसले जनाएको छ । नेविसंघदेखि नै लामो राजनीति गरेका कारण कुँवरले आफूलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको बताएकी छन् ।
कांग्रेसको केन्द्रको परिपत्र अनुसार विभिन्न जिल्लाबाट धमाधम उम्मेद्वार सिफारिस भइरहेका छन् । यसअघि प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस गरिएको थियो ।
क्याटेगोरी : जीवनशैली, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्