Techie IT
  • २४ मंसीर २०८२, मंगलबार
KhojPatrika

राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई संकटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी नयाँ समझदारी हुनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनसी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्न समेत आग्रह गरे ।

उनले यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनी समेत दिए । मुलुक भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको जिकिर गर्दै अध्यक्ष लिङदेनले यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठूलो ध्वंस व्यहोर्नुपर्ने अवस्था आउने बताए ।

उनले भने,‘ म फेरि पनि भन्छु–यो समस्याको समाधान होइन । फागुन २१ गते अथवा यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु भनेको समस्यालाई अलि परतिर धकेल्ने कुरा मात्र हो । यो समस्याको समाधान होइन । यो भन्दा ठूलो ध्वस देशले व्यहोर्नुपर्ने हुनसक्छ ।

आज हामीले आवरणमा देखिएको मुद्दा र समस्या मात्रै होइन, आज जनताले महशुस गर्नेगरी देशको राज्य शक्तिको अवस्था के छ । र हामीले बारम्बार भन्दै आईरहेका छौं–नेपाली जनताको निर्णायकत्व नेपाली जनताको हातमा हुनपर्दछ । नेपाल भूराजनीतिको चक्रव्यूहमा फस्ने खतरा छ । त्यसबाट बच्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डाअनुसार अघि बढ्नुपर्दछ भनेर हामीले भन्दै आएका थियौ । अहिले प्रमाणित भयो, थाहा भयो कि भूराजनीतिको चक्रव्युहमा कुन ढंगले फसेको रहेछ ?

अहिले नेपाल भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको छ । त्यसकारण यो सबैबाट देशलाई निकास दिनका लागि चुनाव भन्दा अगाडि नै राजा, राजनीतिक दल र अहिले आन्दोलनले स्थापित गरेको शक्ति जेनजी नयाँ समझदारी कायम गरेर मात्रै अगाडि जानुपर्दछ । चुनावअघि नै यो नविन समझदारी गरेर देशलाई निकास दिनुपर्दछ । राजा भनेको राष्ट्रिय एकताको प्रतिक हो । राजनीतिक दल भनेको लोकतन्त्र प्रजातन्त्रसँग सम्वद्ध र जेनजी पुस्ता भनेको हाम्रो भविष्य ।

यो तीन वटा शक्तिको समझदारीबाट देशलाई निकास दिनुपर्छ । त्यसैले म वर्तमान प्रधानमन्त्रीलाई यहीबाट आग्ह गर्न चाहन्छु–तपाई यति ठूलो रक्तपातपछि प्रधानमन्त्री बन्नु भएको छ । तपाई यो मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नु भएको होइन । त्यसकारण राजा, राजनीतिक दल, जेनजी पुस्ताको सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुस । र देशलाई निकास दिने कामको नेतृत्व गर्नुहोस् ।’

अध्यक्ष लिङदेनले राजा मुलुकको राष्ट्रिय एकताको प्रतिक भएकाले त्यसको अनिवार्य आवश्यकता मुलुकलाई भएको पनि दोहो¥याएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं