एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
काठमाडौँ । प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ ।
कांग्रेसका तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ पुगी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि कांग्रेस पनि एमालेकै लाइनमा उभिएको हो । सोही बमोजिम काँग्रेसले पनि पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा लगेको हो ।
कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो। दर्ताका लागि सोमवार मात्र समय दिएको खातीले बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्