एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
काठमाडौँ । प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ ।
कांग्रेसका तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ पुगी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि कांग्रेस पनि एमालेकै लाइनमा उभिएको हो । सोही बमोजिम काँग्रेसले पनि पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा लगेको हो ।
कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो। दर्ताका लागि सोमवार मात्र समय दिएको खातीले बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्