Techie IT
  • २१ मंसीर २०८२, शनिबार
KhojPatrika

मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको दाबी गरेका छन् ।

पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री आफ्नो जिम्मेवारीभन्दा बाहिर गएको आरोप लगाएका हुन ।

उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍यो भन्ने माग गर्नुस् भनेर दबाब दिनुभयो । तर उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो ।’

उनले सरकारले राजदूत फिर्ता, अध्यादेश जारीलगायतको काम गरेकोप्रति आपत्ति जनाए । उनले सरकारलाई आफूले पाएको जिम्मेवारीमा केन्द्रित हुन आग्रह गरे ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं