Techie IT
  • २१ मंसीर २०८२, शनिबार
KhojPatrika

मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिने प्रचण्डको दाबी


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको बाछिटा अन्य प्रदेशमा पनि पुग्ने दाबी गरेका छन् ।

मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताएका हुन ।

उनले भने, ‘मधेशबाट सुरु भएको नयाँ समीकरण अव सबै प्रदेशमा देखिन्छ । मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ ।’

जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको बताए । सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने बताए ।

एमालेभित्र रहेका वामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिस्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनको भनाइ छ । मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिस्ट सरकारले नै गर्ने जिकिर गरे ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं