Techie IT
  • १८ मंसीर २०८२, बुधबार
KhojPatrika

वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’


काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । बुधवार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताएका हुन ।

उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए  ।  उनले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए । उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गरे । बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उनको भनाइ छ ।

उनले भने, ‘२१ फागुनपछि कस्तो सरकार आउँछ भन्ने धेरै नागरिकको चासो छ । त्यही कारण उज्यालो पार्टी जन्मेको हो । अब परिवर्तनको नेतृत्व नयाँ विकल्प दिनसक्ने व्यक्तित्वहरु, संस्थाहरु र पार्टीहरुले गर्नुपर्छ । यसको लागि आम जनसमूदायको इच्छा, आकंक्षाका आधारमा आपसमा एकताबद्ध भएर लाग्नुपर्छ भन्ने मेरो बुझाई छ ।

अब सबै नयाँ र वैकल्पिक साथिहरु एकठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एक ठाउँमा आएर परिवर्तनलाइए परिणाममा बदल्नुर्छ । यो परिणाम दिनको लागि नयाँ र युवाको नेतृत्व आउनुपर्छ । बिग्रिएको बेला सबैले गाली गर्ने तर जुनबेला अवसर आउँछ त्यो बेला भाग्ने हो भने फेरी पनि परिवर्तन आउँदैन । यो परिवर्तनको लागि देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली जनताले योगदान गर्नुपर्छ ।

एकदुई जनाको योगदानले हुदैन सबैले एकमत भएर लाग्नुपर्छ । मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो । अहिले एकताका लागि केही साथिहरु लागिरहनुभएको छ । अब नेपाल समृद्ध हुन धेरै समय लाग्दैन । नेपालको समृद्धिको आधार भनेको सुशासन हो ।

भ्रष्टाचारमुक्त देश बन्नु नै नेपालको समृद्धिको प्रमुख आधार हो । जेनजीले उठाएका मागहरुको सम्बोधन गर्न सबैभन्दा पहिले भ्रष्टाचारमुक्त मुलुक बनाउनुपर्छ । भ्रष्टाचारमुक्त देश बनाउन सक्यौं भने मात्र हामी समृद्धितर्फ अगाडि बढ्छौं । अब राजनीतिमा पनि सही व्यक्तिहरु आउनुप¥यो । बाहिर बसेर गालि गरिरहने तर राजनीतिमा आउन नचाहाने प्रवृत्तिले देश परिवर्तन हुँदैन ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं