Techie IT
  • १६ मंसीर २०८२, सोमबार
KhojPatrika

विगत ३५ वर्षसम्म काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएः उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमवार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

उनले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिष्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए । उनले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको बताए ।

उनले भने, ‘अहिले मुलुकको राजनीति अत्यन्त संकटमा छ । नेपालमा बुहदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म काँग्रेस–कम्युनिष्टले शासन गरे । अरु हरुले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए । आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो ।

स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ । युवाहरुलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौं । ३५ वर्ष कम्युनिष्ट–काँग्रेसहरुको शासनमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था पनि हुन सकेन । मुलुकमा भ्रष्टाचार, अराजकता, कमिशनतन्त्र बढेर गयो । जसको परिणाम युवाहरुले विद्रोह गरे । अब फेरि ति शक्तिहरुले केही गर्न सक्नेवाला छैनन् ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं