Techie IT
  • १३ मंसीर २०८२, शुक्रबार
KhojPatrika

अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको होः अध्यक्ष दाहाल


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन् । शुक्रवार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गरे । आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको बताए । उनले अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताए । युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहनुभएको र उक्त जिल्लामा आफूहरु लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अण्डरग्राउण्ड हल बनाएर बसेको बताए ।

उनले भने, ‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइयो । दमन भएको थियो । यो सबैको वियोगबाट प्राप्त भएको नेपालको गणतन्त्र, संघीयता यि सबै विषयमा हामी आफूलाई यिनै उपलब्धीहरुको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ । त्यो प्रेरणा हामीले लिइरहनुपर्छ ।

त्यो क्रममा धेरै साथीहरुले ज्यान गुमाउनु भयो । राजनीतिक जीवनको यात्रामा राजनीतिक जिम्मेवारी लिएपनि दण्डपाणि न्यौपाने उहाँ पनि बेपत्ता हुनुभयो । हामी पारसमणि भन्थ्यौँ त्यो बेलामा अहिले मायाप्रसाद भनेर चिन्नुहुन्छ । उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यो जिल्लामा । त्यो बेलामा एक क्वीन्टलको बम माथिबाट खसाले पनि क्षति नहुने खालको अण्डरग्राउण्ड हल बनाएका थियौँ ।’

अध्यक्ष दाहालले पुस्तक युद्ध पत्रकारिता युद्धको ऐना भएको जिकिर गरे ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं