उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते
काठमाडौं । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो ।
काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताए । घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहने छन् । घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताए ।
उनले भने,‘ घोषणा सभा २०८२ मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना गरिनेछ । कार्यक्रममा वृहत जनसहभागिता रहने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्था र भीड व्यवस्थापनको तयारीको काम लगभग अन्तिम चरणमा पुगेका छन ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारको माननीयमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिनेछ । जसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रश्तुत गरिनेछ । सार्वजनिक गरिनेछ ।’
पत्रकार सम्मेलनमा नेताहरुले सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन् । प्रवक्ता थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना आफूहरुको रहेको बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको होः अध्यक्ष दाहाल
- २जेन–जी २.० को मागः भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गरियोस्
- ३उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते
- ४प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री कार्की
- ५कुलमानको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता सुनारको ‘हाम्रो नेपाल पार्टी’ले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने



तपाईको कमेन्ट लेख्नुहोस्