Techie IT
  • ११ मंसीर २०८२, बुधबार
KhojPatrika

प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री एवं त्रिभूवन विश्वविद्यालय (त्रिवि) का कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताएकी छन् । विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उनले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताएकी हुन ।

बुधवार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफूपनि सहमत रहेको समेत उल्लेख गरिन । प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पु¥याउन सक्ने अवस्था नरहेको तर्क समेत गरे । उनले विश्वविद्यालयलाई आफैँ फुल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी रहेको समेत बताए ।

प्रधानमन्त्री कार्कीले भने, ‘अब हामीले हरेक कुराको विकासलाई हेर्नुपर्छ । अब यो हेर्ने तपाईहरुले हो । हामी दृष्टि पु¥याउन सक्दैनौ । एउटै प्रधानमन्त्रीले सारा डोकोभरी सबै भारी बोकेर हिँड्न सक्दैन । त्यसैले यो स्वायत्तताको कुरा जुन उठेको छ । पुनजीले उठाईरहनुभएको छ ।

उहाँ कोशिसमा हुनुहुन्छ । प्रयत्नमा हुनुहुन्छ । त्यो हुनुपर्छ भन्ने मलाई लाग्छ । पहिले हुर्किदाको पानी हाल्ने त । हुर्कीसकेपछि त आफै फुल्छ, आफै फल्छ । आफै गर्छ भन्नेतिर जानुपर्छ ।’


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं