Techie IT
  • ११ मंसीर २०८२, बुधबार
KhojPatrika

एमाले महाधिवेशनको नाराः निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य


काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिए ।

उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए । उनले पार्टीले महाधिवेशनमा प्रश्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको बताए ।

पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको छ । आफूहरुले संवैधानिक हिसावले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको बताए । नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणको लागि निवेदन दिइसकिएको बताए ।

उनले भने, ‘पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालयको दोस्रो बैठक हो । महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र केके काम गर्नुभयो ? प्रगति विवरण के छ, कहाँ थप काम गर्न बाँकी छ, यसमा सबै समितिका संयोजकले प्रतिवेदन प्रश्ततु गर्नुभयो ।

पार्टीले महाधिवेशनमा प्रश्तुत गर्ने लोगोको बारेमा छलफल भयो । अन्तिम रुप दिने तयारी गरिरहेका छौँ । पार्टीको महाधिवेशनको मुख्य नारा निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भनेर प्रमुख नारा बनाएका छौँ । सबै समितिले तोकिएको कार्यक्षेत्रभित्र गर्नुपर्ने कामको बारेमा छलफल भएको छ । महाधिवेशनको तयारीको अन्तिम तयारीमा छौँ । संवैधानिक हिसावले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेका छौँ । यो नियमित काम हो । यो संवैधानिक दल हो ।

संवैधानिक हिसावले अद्यावधिक गरिरहनुपर्छ । संसद पुनःस्थापनाको पक्षमा हाम्रो पार्टीको ओपनियन हो र संवैधानिक संपरीक्षणको लागि निवेदन दिएका छौँ । त्यो कानूनी प्रक्रियाबाट लडाईं लड्ने कुरा हो । सरकारलाई निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षा, अमनचयन कायम गर्न, स्थानहद नतोक्न बारम्बार भनिरहेका छौँ । नेताहरु कार्यक्रममा जाँदा जुन किसिमको अराजकता देखिएको छ यसले सरकार शान्ति सुरक्षामा संवेदनशिल छैन र सरकार निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाएको छैन ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं