देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताएका छन् । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताए । उनले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिए । उनले निर्वाचनमा वुद्धि विवेक पु¥याएर नेतृत्व छान्न समेत आग्रह गरे ।
निर्वाचनको समयमा वुद्धि विवेक नपु¥याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ । उनले निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न आग्रह गरे ।
उनले भने, ‘अहिले देश निर्वाचनमय बनेको छ । सबैजनाले इलेक्शनमा भाग लिन्छु भनेर आएको छ, यो सबभन्दा खुशीको विषय हो । अब इलेक्शन हुनुपर्छ । कुनैपनि हालतमा नेपालमा तोकिएको समयमा इलेक्शन हुन्छ, हुनुपर्छ । यो समय अब सबैले आफ्नो बुद्धि विवेक लगाउने समय हो ।
जुन बेला बुद्धि विवेक लगाउने समय आउँछ, त्यसबाट हामी पछाडी हट्ने र त्यो समय अवसर गुमेपछि अनि बोल्दै हिड्ने यो पनि भएन यो गरेन भन्ने होईन । अब विवेक लगाउनुस् । सही लिडरसिप सेलेक्सन तपाईहरुले गर्नुस् । त्यो सबैभन्दा महत्वपूर्ण समय अहिले आएको छ ।
त्यो समयलाई सदुपयोग गर्नुस्, सहि व्यक्तित्व, नयाँ लिडरसीप, योङ लिडरसीपहरु जसले देशलाई परिवर्तन गर्नसक्छ, देशलाई एउटा नयाँ दिशा दिनसक्छ, त्यस्ता व्यक्तित्वहरुलाई छान्ने,चुन्ने काम तपाईंहरुले गर्नुहोला ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ
- २रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणीः सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्
- ३उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- ४कलाकार बले हाजिरी जमानीमा रिहा
- ५रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्