प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालको भूमि रहेको तथ्य चीनलाई सम्झाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणको लागि प्रस्थान गरेलगतै मेयर साहले लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे चीनलाई स्पष्ट रूपमा कुरा राख्न आग्रह गरेका हुन् ।
बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै भनेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’
उनले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘हामीलाई तपाईं माथि पूर्ण विश्वास छ।’ मेयर बालेनले यसपटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै चीन भ्रमणको अवसरमा नेपालको भूस्वाधीनताको मुद्दा उठाउनुपर्ने माग गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्