प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालको भूमि रहेको तथ्य चीनलाई सम्झाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणको लागि प्रस्थान गरेलगतै मेयर साहले लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे चीनलाई स्पष्ट रूपमा कुरा राख्न आग्रह गरेका हुन् ।
बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै भनेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’
उनले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘हामीलाई तपाईं माथि पूर्ण विश्वास छ।’ मेयर बालेनले यसपटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै चीन भ्रमणको अवसरमा नेपालको भूस्वाधीनताको मुद्दा उठाउनुपर्ने माग गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्