सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
सुनको मुल्य तोलामा १२ सयले बढेको छ भने चाँदी ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको छ ।
चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । हिजो एक तोला सुन एक लाख ९९ हजार ४००मा किनबेच भएको थियो भने चाँदी रु दुई हजार ३५० मा कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्